तपाईँ सुन्दै हुनुहुन्छः

उपाधिका लागि इङल्याण्ड र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुने

काठमाडौं । एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको उपाधिका लागि आइतबार आयोजक इङल्याण्डले न्युजिल्याण्डसंग प्रतिस्प्रर्धा गर्दै छ ।

आईतबार इङल्याण्डको लर्डसमा हुने खेलमा दुबै टोली पहिलोपटक विश्वपकको उपाधि भित्र्याउने लक्ष्यका साथ मैदान उत्रदै छन ।

खेल नेपाली समय अनुसार दिउसो सवा ३ बजे सुरु हुनेछ ।

सेमिफाइनलमा घरेलुटोली इङल्याण्डले अष्ट्रेलियालाई र न्युजिल्याण्डले भारतलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए ।

विश्वकप क्रिकेटको इतिहासमा इङल्याण्ड ३ पटक फाइनल पुगको छ भने न्युजिल्याण्ड एक पटक मात्र फाइनल पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button