तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटमा च्याउ खादा ७ विरामी

जाजरकोट-जाजरकोटमा जंगलबाट ल्याएको च्याउ खादा ७ जना विरामी परेका छन् । जंगलबाट ल्याएको च्याउ खादा बारेकोट गाउँपालिका १, सिल्पाचौर घर भइ सदरमुकाम खलंगामा डेरागरी बस्दै आएका ३८ बर्षिय शान्त बुढा, ३५ बर्षिय रत्न बुढा, २३ बर्षिय ओमप्रकाश बुढा, २६ बर्षिय डम्बर पुन, २२ बर्षिय शान्ति पुन, २३ बर्षिय टकबहादुर पुन र ४७ बर्षिय तीलबहादुर थापा रहेका छन् ।

उनीहरुको जाजरकोट अस्पतालमा उपचार भइ रहेको अस्पतालका डाक्टर अमिन शाहले बताउनु भयो । उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको शाहले बताउनु भयो । बारेकोट घरबाट खलंगा आउँदा फुलचाउँलीको लेकबाट रत्न बुढाले च्याउ टिपेर ल्याएको र शनिबार साझ पकाएर खाएका थिए । खाए लगतै उनीहरुमा बान्ता भएको थियो । जंगलमा जथाभावि उम्रेको च्याउँ नखाना डाक्टर शाहले सबैमा अनुरोध गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button