तपाईँ सुन्दै हुनुहुन्छः

बाढी पहिरोमा परी प्रदेश एकमा १७ जनाको मृत्युु, १० जना वेपत्ता

विराटनगर-निरन्तरवर्षा संगै आएको वाढि पहिरोका कारण प्रदेस न १ मा १७ जनाको मृत्युु भएको छभने १० जना वेपत्ता भएका छन ।  वाढि पहिरो कारण भोजपुुरमा ५, सुुनसरीमा १ , ओखलढुुंगामा ४ , खोटाङ ३, इलाममा १ ,झापामा २ तथा उदयपुुरमा १ जनाको मृत्युु भएको १ नम्वर प्रदेस प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

वाढि पहिरोका कारण ९ जना घाइते भएका छन । चारदिनदेखी परेको अविरल वर्षाका कारण प्रदेस न १ को १४ वटै जिल्ला प्रभावित भएको छ । वाढि पहिरोवाट हुुन सक्ने क्षति न्युुनिकरण तथा उद्धारका लागी अहिले प्रदेश न १ मा १२ सयभन्दा वढि सुुरक्षाकर्मी परिचालन गरिएको छ । अहिलेपनी पुुर्वका ८ वटा जिल्लामा वर्षा भइरहेको सो कार्यालयले जनाएको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button