तपाईँ सुन्दै हुनुहुन्छः

जंगली च्याउ खाँदा बागलुङको ढोरपाटनमा ७ जना विरामी

बागलुङ-जंगली च्याउ खाँदा बागलुङको पश्चिम ढोरपाटन नगरपालिका वडा नं. २ मा सातजना विरामी परेका छन्।

शनिवार विहान जंगलबाट ल्याएको च्याउ खाँदा ढोरपाटन नगरपालिका वडा नं. २ सेराका २४ वर्षिय सुजाता थापा, उनका ५ वर्षिय छोरा आयुष, बडिगाड गाउँपालिका वडा नं. ३ घर भई हाल ढोरपाटन नगरपालिका वडा नं. २ सेरामा डेरा गरी बस्दै आएका ३५ वर्षिय लेख बहादुर थापा, उनकी २४ वर्षिया श्रीमति प्रेमकुमारी पुन, ५ वर्षिय छोरा सन्दिप, संगै बस्दै आएका १४ वर्षिय सहिस पुन र ढोरपाटन नगरपालिका वडा नं. २ टारीखेतका ५८ वर्षिया मनिकला महत विरामी परेका हुन्।

च्याउ खाएपछि विरामी परेका सातैजना अचेत अवस्थामा उद्धार गरी बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको लागी पुर्याइएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख ओमप्रकाश यादवले जानकारी दिनुभएको छ। उनिहरु सबैलाई सामान्य उपचार पछि थप उपचारको लागी सनिवार साँझ नै पाल्पा पठाइएको स्वास्थ्य केन्द्रका डाक्टर कृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button