तपाईँ सुन्दै हुनुहुन्छः

बाढी पहिरोमा परी मृत्यु हुनेका संख्या ४४ पुग्यो

काठमाडौं-अविरल वर्षाका कारण हिजोदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी मृत्यु हुनेका संख्या ४४ पुगेको छ ।

बाढी पहिरोमा परी २० जना घाइते भएका छन भने २४ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो । उहाँले एक हजार १ सय ४ जनाको सकुशल उद्दार गरिएको ने जानकारी दिनुभएको छ । अहिलेसम्म देशभरमा गरेर ४४ जनाको मृत्यु भएको पुष्टि भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button