तपाईँ सुन्दै हुनुहुन्छः

दुई शव भेटियो, दुई अझै बेपत्ता

महोत्तरी। बाढीमा बेपत्ता भएका दुई जनाको शव भेटिएको छ । महोत्तरीमा शुक्रवार रातु खोलाले बगाएर बेपत्ता भएको बलवा नगरपालिका वडा नम्बर २ बञ्चौरी का ७० वर्षीय हनिफ वैठा धोवीको शव आईतवार बिहान महोत्तरी गाउँपालिका वडा नम्बर ३ मरई मा भेटिएको हो । त्यस्तै, भंगहा नगरपालिका वडा नं. ४ स्थित रातु खोलामा ७ महिनाको बालकको शव आईतवार विहान फेला परेको जिल्ला प्रहरी कार्यालय डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।
आईतवार विहान बाढीले दुई बालकलाई बगाएको छ । जलेश्वर नगरपालिका वडा नं. ८ बजराहीको कल्भर्टले १२ वर्षिय प्रशान्त ठाकुर र १३ वर्षिय युवराज ठाकुरलाई वाढीले वगाएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी बुढाथोकीले वेपत्ताको खोजीमा नेपाल प्रहरीको टोली निरन्तर लागेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button