तपाईँ सुन्दै हुनुहुन्छः

पेस्तोलसहित ३ पक्राउ

काठमाण्डौ। महानगरीय प्रहरी कार्यालय, रानीपोखरीबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ काठमाण्डौ महानगरपालिका–२६ मित्रनगर नयाँ बसपार्कमा रहेको नेपाली तारा होटलबाट पेस्तोल सहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका–४ चौघडाका २९ बर्षिय प्रितम राई, ३७ बर्षिय राम कुमार राई र भारत दार्जिलिङ घर भई काठमाण्डौ टोखा बस्ने ३६ बर्षिय सविन खवास छन् ।
उनिहरूको साथबाट अटोमेटीक पेस्तोल थान १ र पेस्तोल लाग्ने गोली ५ राउण्ड र २२० सिसिको बा. ६७ प.२६६६ र बा. ९९ प. १३०३ नम्बरको दुई थान मोटरसाईकल समेत बरामद गरिएको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button