तपाईँ सुन्दै हुनुहुन्छः

‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारिरीक सुगठन’ प्रतियोगिता हुने

काठमाडौं । कपिलवस्तु शारिरीक सुगठन तथा फिटनेश संघले आगामी असोज १० र ११ गते कपिलवस्तुको तिलौराकोटमा ‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारिरीक सुगठन’ प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आयोजकले यस्तो जानकारी गराएको हो ।

कपिलवस्तुको तिलौराकोटलाई विश्वभरि चिनाउने उद्देश्यले प्रतियोगिता गर्न लागिएको संघका अध्यक्ष जीवन गिरीले जानकारी दिनुभयो । प्रतियोगितामा कम्तिमा पनि एक सय जनाले प्रतिष्पर्धा गर्नेछन् ।

६ तौल समूहमा (५५, ६०, ६५, ७०, ७५, ७५ं) गराईने प्रतियोगिताकै विजेता हुनेलाई दुई लाख रुपैयाँ नगदसहित सम्मान गरिनेछ ।

प्रतियोगितामा आफ्नो वजन समूहमा विजेता हुनेहरुलाई क्रमशः पन्ध, दश र पाँच हजार रुपैयाँ नगदसहित सम्मान गरिनेपनि अध्यक्ष गिरीले जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button