तपाईँ सुन्दै हुनुहुन्छः

केयूमा प्राविधिक शिक्षामा स्नातकोत्तर तह शुरु

काठमाडौँ-काठमाडौँ विश्वविद्यालय (केयु) को स्कूल अफ एजुकेसनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम (टीइभीटी) लक्षित स्नातकोत्तर तह कार्यक्रम ल्याएको छ । यो कार्यक्रम दक्षिण एशियामै पहिलो पटक काठमाडौँ विश्वविद्यालयले शुरु गरेको हो ।

देशमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमको विकास गर्न प्रत्येक स्थानीय तहमा एक प्राविधिक शिक्षालयको विकास गर्ने लक्ष्य रहेको सरकारले घोषणा गरेको थियो । देशका ७० प्रतिशत युवाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम प्राप्त गर्न सके समाज रूपान्तरणका लागि सघाउ पुग्ने सकारको विश्वास छ । सरकारले नेपालका सबै ७५३ स्थानीय तहमा प्राविधिक शिक्षालयहरू खोल्ने योजना राखेको छ । देशभर प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) का झण्डै ६०० आङ्गीक तथा सम्बन्धनप्राप्त शैक्षिक संस्थाहरु छन् ।

सोही सन्दर्भलाई मध्यनजर गर्दै केयूले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमको नेतृत्व र अनुसन्धान विकासका लागि आवश्यक जनशक्ति तयार गर्न यो कार्यक्रम शुरु गरेको हो ।

उहाँका अनुसार सरकारले प्राथमिकताका साथ प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमलाई अघि बढाएपछि विश्वविद्यालयले पनि आफ्नो दायित्वका रूपमा यो कार्यक्रम शुरु गरेको हो । नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका लागि आवश्यक नेतृत्वदायी क्षमता भएका जनशक्ति तयार गर्न केयूको यो कार्यक्रम कोसेढुङ्गा सावित हुने प्राध्यापक डाक्टर टङ्कनाथ शर्माले बताउनुभयो ।  प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमका विज्ञ डाक्टर उषा भण्डारीका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालीममा स्नातकोत्तर तहको कार्यक्रमले यस क्षेत्रका लागि आवश्यक योजनाकार, व्यवस्थापक तथा अन्य विशेषज्ञ तयार गर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button