तपाईँ सुन्दै हुनुहुन्छः

मौरीपालनबाट बार्षिक २० लाख आम्दानी

सल्यान । जिल्लाको विकट गाउँका कृषकले मौरी पालन व्यबसायबाट वार्षिक २० लाख भन्दा बढी आम्दानी गर्दै आइरहेका छन् । जिल्ल्लाको बन्गाड कुपिन्डे नगरपालिका वडा न १२ दुरुमखोलाका टोपेन्द्र वलीले मह र माहुरीको घार बिक्रीबाट वार्षिक २० लाख भन्दा बढी आम्दानी गर्दै आइरहनुभएको छ ।
विगत एक दशकदेखि मौरीपालन गर्दै आउनुभएका वलीको परिवारमा अहिले झण्डै १ सय २० घार मौरी रहेका छन् । वलीले मौरी सहितका घार, खाली घार र मह बिक्री गरेर आम्दानी गर्नुहुन्छ ।
आप्mनै घर वरिपरिको जमिनमा व्यबसाय गर्नुभएका खत्रीले यसलाई अझै बढाउने योजना भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘वार्षिक रुपमा झन्डै ८ क्विन्टल मह उत्पादन गरेर बिक्री गर्दै आइरहेको छु । अहिले महको मुल्य प्रतिकिलो सात सय रहेको छ ।’
मौरी सहितको घारलाई सात हजार र खाली घारलाई तीन देखि चार हजारका दरले बिक्री गर्ने गरेको उहाँले जानकारी दिनुभयो । वार्षिक एक सय देखि दुई सयसम्म घार बिक्री हुने गरेको उहाँको भनाई छ । वलीको परिवार अहिले पुरै मौरीपालन व्यबसायमा सक्रिय छ । मौरीको हेरचाह गर्न, घार निर्माण गर्न, मह काढ्ने कामले भ्यानभ्याई छ । उहाँले भन्नुभयो, घरमै बसेर १५÷२० लाख आम्दानी हुन्छ भने किन विदेश जानुप¥यो ?
उत्पादन भएको महको बजारको समस्या नभए पनि गाउँसम्म पुग्ने यातायातको साधनको अभाव भएको उहाँले बताउनुभयो । ग्रामीण क्षेत्रका फलफुल र जडिबुटि खाएर बनेको मह भएकाले स्वादिलो हुन्छ तर मह बजारसम्म लैजानका लागि यातायातको साधन छैन ।
व्यबसायिक रुपमा कृषि पेशा अंगालेका किसानहरुलाई राज्यले अनुदानका कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्ने वलीको भनाई छ ।
परिश्रम गर्ने हो भने जुनसुकै व्यवसायबाट पनि सफलता प्राप्त गर्न सकिदो रहेछ वलीले भन्नुभयो, ‘यो व्यवसायबाट हाम्रो परिवार निकै सन्तुष्ट छ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button