तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री र नेताहरु बाढी र डुबान क्षेत्रको निरिक्षणमा

विरगञ्ज। पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बाढी र डुबानको दीर्घकालीन समाधानका लागि सरकारले ठोस योजना बनाएर अघि बढ्नुपर्ने कुरामा जोड दिनु भएको छ ।
प्रदेश नम्बर २ मा बाढी र डुबानबाट सबै भन्दा बढी प्रभावित रौतहट जिल्लाको विभिन्न स्थानको स्थलगत अवलोकन पछि बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले बर्षायाममा हुने बाढी र डुवानले रौतहट, वारा, पर्सा, सर्लाही लगायतका जिल्लाहरुमा ठूलो धनजनको क्षति पुर्याउदै आएको हुँदा यसको दिर्घकालिन समाधान खोजिनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादलले बाढी तथा डुवान प्रभावित क्षेत्रमा राहत वितरण व्यवस्थित रुपमा संचालन गर्न स्थानीय तहका प्रमुख तथा कर्मचारीहरुलाई निर्देशन दिनुभयो । उहाँले आवश्यकता अनुसार सरकारले राहत उपलब्ध गराउने बताउदै त्यसलाई प्रभावित व्यक्ति समक्ष पुर्याउने जिम्मा स्थानीय तहको भएको कुरामा जोड दिनुभयो ।
नेता नेपाल सहितको टोलीसँग बाढी तथा डुवान प्रभावितहरुले खाना र बासको व्यवस्था नभएको, प्रभावित क्षेत्रमा चिकित्सकको टोली आई नसकेको, स्वच्छ पिउने पानीको समस्या रहेको गुनासो गरेका थिए ।
पूर्व प्रधानमन्त्री माधव नेपालसँगै उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन, संसदको विकास समिति सभापति कल्याणी खड्का, नेकपा नेता तथा सांसद प्रभु साह, राजपा अध्यक्ष मण्डलका अध्यक्ष अनिल कुमार झा, कृषि राज्यमन्त्री रामकुमारी चौधरी, लगायतको टोलीले रौतहटमा बाढीले पु¥याएको क्षति र राहत तथा उद्धार कार्यको स्थलगत रुपमा अवलोकन गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button