तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला अदालत मकवानपुरमा ६० प्रतिशत मुद्दा फर्छ्यौट

मकवानपुर। जिल्ला अदालत मकवानपुरले आर्थिक वर्ष २०७५÷०७६ मा ६० प्रतिशत मुद्दा फछर््यौट गरेको छ। आर्थिक वर्ष २०७५÷०७६ मा अदालतमा दर्ता भएका २ हजार ३ सय ६ मुद्दामध्ये १ हजार ४ सय १९ मुद्दा अर्थात् ६० प्रतिशत फर्छ्यौट गरेको जानकारी अदालतले दिएको छ ।
जिल्ला अदालत मकवानपुरले अघिल्लो आव २०७४÷०७५ को बाँकी ६ सय ३९ मुद्दा जिम्मेवारी सरेर आएको जिल्ला अदालत मकवानपुरमा गत आवमा एक हजार छ सय ६७ वटा मुद्दा परेको जनाएको छ । अदालतमा सबैभन्दा बढी देवानीतर्फ एक हजार दुई सय ६८ मध्ये सात सय ४१ फछ्यौट भई पाँच सय २७ बाँकी रहेका छन् भने फौजदारीतर्फ पाँच सय ३२ मुद्दामध्ये तीन सय ५६ फछ्यौट भई एक सय ७६ बाँकी रहेका अदालतका श्रेष्तेदार केशव कुमार कौशिकले जानकारी दिनुभएको छ।
त्यस्तै, सम्बन्ध विच्छेदको ६ सय २५ मुद्दामध्ये चार सय ४९ मुद्दा फछ्यौट भएका छन् । एक सय ७६ मुद्दा बाँकी रहेको श्रेष्तेदार कौशिकले जानकारी दिनुभयो। सरकारवादी फौजदारीतर्फ चार सय ९८ मुद्दा परेकोमा तीन सय १८ फस्र्योट भई एक सय ८० मुद्दा बाँकी रहेको उहाँले जानकारी दिनुभएको छ। साथै, गत अर्थिक वर्षमा आठ पुनरावेदन परेकोमा चार मुद्दा फछ्यौट भई चार बाँकी रहेको समेत उहाँले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button