तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीका ६० प्रतिशत विद्यालयमा क्षत्ति

महोत्तरी। बाढीका कारण महोत्तरीका ६० प्रतिशत शैक्षिक संस्थाहरुमा क्षति पुगेको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । जिल्लाका १४ स्थानीय तहमा रातु नदी र बिग्ही खोलामा आएको बाढीले ६० प्रतिशत बिद्यालयको भौतिक संरचना क्षति पुर्याएको र लाखौं मुल्य बराबरको कम्पुटर कामै नलाग्ने गरी क्षति भएको शिक्षा बिकास तथा समन्वय इकाई जलेश्वरका प्रमुख शत्रुघन यादवले जानकारी दिनुभयो ।
जिल्लामा ९५ माध्यामिक स्तरका सामुदायिक बिद्यालय, ३३ आधारभुत विद्यालय, २ सय २७ प्राथमिक बिद्यालय र ४ सय २५ बालविकास सञ्चालनमा रहेका छन् । बाढीले बिद्यालयको पर्खाल भत्काउनुका साथै कक्षा कोठामा पानी पसेको कारण बिद्यालयका शैक्षिक सामग्री र कम्प्युटरहरु कामै नलाग्ने गरी क्षति भएको उहाँले जानकारी दिनुभयो । बाढी प्रभावितहरुलाई सुरक्षित सेल्टरको रुपमा कतिपय बिद्यालयमा समेत राखिएको उहाँले बताउनुभयो । सेल्टरको कारण बिद्यालयमा फोहोर भएको भन्दै छिटै सरसफाइ गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button