तपाईँ सुन्दै हुनुहुन्छः

‘मिस एण्ड मिस्टर टिन’को उपाधि सृष्टी र अश्विनलाई

तनहुँ।‘मिस एण्ड मिस्टर टिन’ तनहुँ सिजन ३ को उपाधि सृष्टी विश्वकर्मा र अश्विन थापाले जित्नु भएको छ । अम्विसन फेसन होम प्रालिले आयोजना गरेको प्रतियोगितामा जिल्लाको शुक्लागण्डकी नगरपालिकाकी विश्वकर्मा र सोही नगरपालिकाका थापाले उपाधि जित्नु भएको हो ।
गत मंगलबार भएको फाइनलमा ६ जना प्रतिस्पर्धिलाई पछि पार्दै विश्वकर्माले ताज पहिरिन सफल हुनुभएको थियो भने ४ जना प्रतिस्पर्धीलाई पछि पार्दै थापा मिष्टर टिन सिजन ३ बन्नुभएको हो । उपाधि जित्न सफल मिस टिन सिजन ३ की विजेता विश्वकर्मा कक्षा ११ मा अध्ययनरत हुनुहुन्छ भने मिस्टर टिन ३ का विजेता थापा गत बर्ष एसईई दिनुभएको हो ।
प्रतियोगितामा मस्ट हेल्पफुल अवार्ड र फोटो जेनिक अवार्ड समेत विजेता सृष्टी विश्वकर्मा प्राप्त गर्नुभयो यस्तै विजेता थापाले पनि उपाधि सहित मस्ट ट्यालेन्ट अवार्ड र मस्ट हेल्थफुल अवार्ड जित्नुभयो ।
प्रतियोगितामा मिस एण्ड मिस्टर टिनमा फष्ट रनर अप शुक्लागण्डकी नगरपालिकाकी अनिशा परियार र अविशेक तिवारी हुनुभयो । यस्तै सन्देश गुरुङ र अनिषा विश्वकर्मालाई सेकेण्ड रनरअपमा घोषणा हुनुभएको थियो ।
विजेताहरुलाई क्रमशः २० हजार, १५ हजार र १० हजार सहित विभिन्न आकर्षक पुरस्कार प्रदान गरिएको आयोजक सस्थाका निर्देशक आकाश पुन मगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button