तपाईँ सुन्दै हुनुहुन्छः

डिडिसीको नाफा ५ करोड ७२ लाख

अर्जुन श्रेष्ठ । दुग्ध विकास संस्थान (डिडिसी) ले आर्थिक वर्ष २०७५–७६ को नौ महीनाको अवधिमा पाँच करोड ७२ लाख छ हजार ८ सय ९५ रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

संस्थानले राज्यलाई कुल मुनाफाको १८ प्रतिशत कर तिरेपछि करीब चार करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

आर्थिक बर्ष २०७४–०७५ मा संस्थानले चार करोड ८५ लाख ३९ हजार १ सय ९७ पैसा खुद नाफा कमाएको थियो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले संस्थानको भौतिक तथा वित्तीय सुधार र गुणस्तरीय उत्पादनमा लिएको नीतिगत निर्णय र सरकारले धुलो दूध आयातमा प्रतिबन्ध लगाएपछि संस्थान नाफामा जान थालेको संस्थानका अध्यक्ष वसन्त गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button