तपाईँ सुन्दै हुनुहुन्छः

बैंक मार्फत तलब भुक्तानीका लागि समय थप्न आग्रह

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले तत्काल प्यान दर्ता गरी बैंक मार्फत तलब भुक्तानी गर्ने व्यवस्थाका लागि थप समय उपलब्ध गराउन आग्रह गरेको छ ।

महासंघले आर्थिक वर्ष २०७६–७७ देखि निजी क्षेत्रमा काम गर्ने सबै कर्मचारी र मजदुरहरुलाई समेत अनिवार्य प्यान दर्ता गरी बैंक मार्फत तलव भुक्तानी गर्न ६ महिनाको अवधि उपलब्ध गराउन माग गरेको हो ।

सरकारले साउन १ गतेदेखि लागू गरेको मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस) समेत १ वर्षपछि मात्र कार्यान्वयनमा लैजान महासंघले आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button