तपाईँ सुन्दै हुनुहुन्छः

दोस्रो चरणका छनोट खेल दशरथ रंगशालामा हुने

अजय बम । फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले घरेलु मैदानमा खेल्ने खेलहरु दशरथ रंगशालामा हुने भएका छन ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले नेपालले खेल्ने विश्वकप छनोटका खेलहरु रंगशालामा खेलाउने र त्यसका लागि यहि साताबाट मैदानमा दुबो रोप्ने काम सुरु गर्ने बताउनुभयो ।

चीन सरकारको सहयोगमा रंगशालाको सेन्थेटिक ट्रयाक राख्ने, फ्लड लाइटको कामका हरु सकिएपछि भिआइपी प्याराफिट र साउण्ड सिस्टमको काम बाँकि रहेको छ ।

भिआइपी प्याराफिट बनेपछि साउण्ड सिस्टमको काम पनि समाप्त हुनेछ । यसका साथै मैदानको स्कोरबोर्ड पनि तयार भएको छ ।

एन्फाले मैदानमा दुबो रोप्नका लागि परिषद् र खेलकुद मन्त्रालयसँग छलफल गरेपनि चीनिया कम्पनीले हस्तान्तरण नगर्दासम्म काम गर्न कठिन रहेको बताइएको थियो ।

तर परिषद्का सदस्यसचिव सिलवालले अब मैदानमा दुबो रोप्ने काम शनिबारबाट नै सुरु गर्ने जानकारी दिनु भयो ।

विश्वकप छनोट जस्तो ठुलो प्रतियोगिता सातदोबाटोको मैदानमा गराउदा उचित नहुँने भन्दै प्रतियोगिता अगाडी नै रंगशाला तयार पारिनेछ ।

नेपालले विश्वकप छनोटका दोस्रो चरणको पहिलो खेलमा सप्टेम्बर ५ तारिखमा कुवेत विरुद्ध खेल्नेछ । त्यसपछि दोस्रो खेल १० सेप्टेम्बरमा चाइनीज ताइपेइसँग खेल्नेछ ।

नेपालले समुहको तेस्रो खेलमा अष्ट्रेलिया विरुद्ध अक्टोबर १० तारिखमा उसकै मैदानमा खेल्नेछ । त्यसपछि १५ अक्टोबरमा घरेलु मैदानमा जोर्डन विरुद्ध प्रतिस्प्र्धा गर्नेछ ।

समुह बी मा रहेको नेपालले कुवेतका साथै चाइनीज ताइपेइ, जोर्डन, अष्ट्रेलिया रहेका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button