तपाईँ सुन्दै हुनुहुन्छः

विहानै गाउँपालिका अध्यक्ष कपुरकोट तरकारि बजारमा

सल्यान-किसानले उत्पादन गरेको तरकारि विक्रिमा समस्या देखिएपछि कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेन शुक्रबार विहानै तरकारि बजार पुगेका छन् । ट्रक ब्यवशायीको आन्दोलनका कारण तरकारि बोक्ने ठूलो गाडी कपुरकोट नआएको भन्ने खबर पाए लगतै उनी तरकारि बजार पुगेका हुन् । तरकारि ब्यापारिहरुले ट्रक ब्यवशायीहरुले अघोषित रुपमा आन्दोलन गरेर ट्रक संचालन नगर्दा आफुहरुलाइ तरकारि लैजान समस्या परेको बताएका थिए ।

अध्यक्ष सेनले कुनै पनि कारणले गर्दा किसानले उत्पादन गरेको हरियो तरकारिमा अवरोध हुन नहुने भन्दै सम्बन्धीत निकायहरुसंग समन्वय गरेका छन् । उनले दाङका प्रमुख जिल्ला अधिकारि गोविन्द प्रसाद रिजाल संग सल्यानबाट जाने तरकारिका गाडीमा दाङ लगाएतका क्षेत्रमा अवरोध नहोस् भनेर कुरा गरेका छन् । यस्तै राप्ती अंचल ट्रक समितीका उपाध्यक्ष बद्रुदिन राइनसंग पनि यसबारेमा बुझेका छन् । आन्दोलनको कारण देखाउदै ब्यापारिहरुले तरकारिको उचीत मुल्य नदिने अवस्था आउन सक्ने भन्दै अध्यक्ष सेन सचेत बनेका हुन् ।

तरकारि बजार स्थलमा ब्यापारिहरुलाइ उनले कुनै पनि बहानामा किसानहरु मारमा पर्न नहुने बताए । उनले किसानहरुलाइ राम्रो मुल्यमा उत्पादिन वस्तु विक्रि गर्ने र व्यापारिहरुलाइ सहज तरिकाले खरिद गर्न सक्ने वातावरण बनाउन आफु क्रियाशिल रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button