तपाईँ सुन्दै हुनुहुन्छः

रुकुम पश्चिममा सवा १ अर्ब बढी रकम फ्रिज

रुकुम। रुकुम पश्चिममा अघिल्लो आर्थिक बर्षमा आएको सवा १ अर्ब बढी रकम फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय रुकुम पश्चिमका अनुसार जिल्लामा संघीय र प्रदेश सरकारबाट आएका ठुलो रकम फ्रिज भएको हो ।
जिल्लालाई संघ र प्रदेश सरकारबाट आएको कुल ५अर्ब ३१ करोड ६० लाख ९२ हजार ५ सय मध्ये ४ अर्ब ४ करोड ५७ लाख ५२ हजार ३ सय रकम मात्र खर्च भएको कोष नियन्त्रक ईश्वरी प्रसाद ढकालले जानकारी दिए । उनका अनुसार आएको बजेट मध्य अनुसार १ अर्ब २७ करोड ३ लाख ४० हजार २ सय रकम खर्च हुन नसकेर फ्रिज भएको छ । संघिय सरकारको चालु खर्च तर्फ कुल २ अर्ब ८२ करोड ८९ लाख ७० हजार २ सय ९३ रुपैयाँ बाषिक बजेट रहेकोमा २ अर्ब ७० करोड ३३ लाख ६९ हजार २० मात्र खर्च भएको छ भने करोड ५६ लाख १ हजार २ सय ७२ रुपैयाँ फ्रिज भएको छ ।
यस्तै पुजिगतखर्च तर्फ ६५ करोड ८९ लाख ४६ हजार बार्षिक बजेट भएकोमा ३५ करोड ३२ लाख ८९ हजार ८ सय २२ मात्र खर्च भई ३० करोड ५६ लाख ५६ हजार १ सय १८ रुपैयाँ फ्रिज भएकोे छ । ‘प्रतिशतको आधारमा हेर्दा संघिय सरकारको चालु खर्च ९५.५६५ छ भने पुजिगत खर्चको ५३.६१ ५ मात्र रहेको देखिन्छ ।’ कोष नियन्त्रक ढकालले भने । त्यसैगरी प्रदेश सरकारको तर्फ बाट प्राप्त रकममध्ये चालु तर्फ ५५ करोड ६७ लाख ५९ हजार २ सय ७३ बार्षिक वजेट रहेकोमा ३९ करोड २१ लख ८७ हजार ३ सय ४२ खर्च भएपनि १६ करोड ४५ लाख ७१ हजार ९ सय ३१ फ्रिज भएको छ त्यस्तै पुजिगततर्फ १ अर्ब २७ करोड १४ लाख १७ हजार बार्षिक बजेट रहेकोमा ५९ करोड ६९ लाख ६ हजार १ सय ७५ रुपैयाँ खर्च भएको छ भने ६७ करोड ४५ लाख १० हजार ७ सय फ्रिज भएको छ । जसलाई प्रतिशतमा हेर्दा चालु खर्च ७०.४४ र पुजिगततर्फ ४६.९५ फ्रिज भएको छ ।
कोेष तथा लेखा नियन्त्रक ढकालले योजना छनौटमा कमजोरी, कर्मचारीको अप्रयाप्तता र समयमै योजना कार्यान्वयनमा जनचासो नभएका कारण जिल्लाको विकासका लागि आएको ठुलो रकम फिर्ता भएको उनको भनाई छ । अघिल्लो आर्थिक बर्षमा जिल्लामा संकलन भएको राजश्व रकम भने १२ करोड ४५ लाख ४८ हजार ६० रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button