तपाईँ सुन्दै हुनुहुन्छः

होटेलमा युवक मृत फेला

तुलसीपुर। दाङको तुलसीपुर स्थित घोराही रोडमा रहेको मानसरोवर होटेलमा बास बस्न गएका कोहलपुरका एक युवक मृत अवस्थामा फेला परेका छन् । बाँकेको कोहलपुर नगरपालिका वडा नम्वर २ बस्ने अन्दाजी २९ बर्षीय रमेश हमाल होटेलको कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएको ईलाका प्रहरी कार्यालय तुलसीप्ुारले जानकारी दिएको छ ।
हमाल एक युवतीसँगै विहिबार राति १० बजेतिर होटेलमा बास बस्न गएका थिए । उनी सँगै रुकुमकी एक युवती पनि होटेलमा बास बस्न पुगेको प्रहरीको भनाई छ । हमाल विवाहित भएको बताईएको छ भने ती युवती अविवाहित भएको बुझिएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको पोष्ट मार्टम गृहमा राखिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रेम बहादुर शाहीले जानकारी दिएका छन् । ती युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भैरहको प्रहरीले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button