तपाईँ सुन्दै हुनुहुन्छः

वार्षिक राजश्व असुलीमा १९ प्रतिशतले कमी

काठमाडौं । मुलुकको कूल राजश्व असुलीमा ६० प्रतिशत योगदान दिँदै आएको वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७४–७५ भन्दा आर्थिक वर्ष २०७५–७६ मा वार्षिक राजश्व असुलीमा १९ प्रतिशतले कमी आएको छ ।

राजश्व असुलीमा नेपाल अधिराज्यमा पहिलो स्थान हासिल गरेको वीरगञ्ज भन्सार कार्यालयलाई सङ्घीय सरकारले आर्थिक वर्ष २०७५–७६ मा रु एक खर्ब ७१ अर्ब ५८ लाख ४६ हजार राजश्व असुली गर्ने लक्ष्य दिएकामा सो कार्यालयले लक्ष्यको तुलनामा १९ प्रतिशत कम अर्थात् रु २४ अर्ब सात करोड ४४ लाख कम राजश्व उठाएको छ ।

भारत तथा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिने जीप, कार, भ्यान, मोटरसाइकल, सिमेन्टको कच्चा पदार्थ क्लीङ्कर, मरिच, दूध, प्याटी एसिड, गाडीको चेसिस, जिंक फुड, पेपर, जिप्सन, गे्रनुलेंटेड, स्केल लगायतका सामानमा कमी आएकाले तोकिएको लक्ष्यभन्दा ८६ प्रतिशत राजश्व मात्र असुली भएको सो कार्यालयले जनाएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक श्यामप्रसाद भण्डारीले सङ्घीय सरकारले दिएको लक्ष्य भेट्टाउन नसक्नु विविध कारण भए पनि भारतमा सम्पन्न लोकसभा निर्वाचनको समयमा भारतबाट उल्लेखनीय रूपमा सामान आयात नहुनु, नेपालमा राष्ट्रिय गौरवको आयोजना द्रुतगतिमा निर्माण नहुनु, आर्थिक वर्षको अन्ततिर बाढी आउनु, बैंक तथा वित्तीय संस्थाले पहिले जस्तो सवारी साधन खरीदमा लगानी नगर्नु जस्ता कारणले लक्ष्यअनुरुपको राजस्व उठ्न नसकेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button