तपाईँ सुन्दै हुनुहुन्छः

‘सरकार संसदप्रति उत्तरदायी भए काम कारवाही प्रभावकारी’

अर्जुन श्रेष्ठ । सभामुख कृष्णबहादुर महराले सरकार संसदप्रति जति उत्तरदायी हुन सक्यो त्यति नै संसदको कामकारवाही प्रभावकारी हुने बताउनुभएको छ ।

संघीय संसद सचिवालयले आज काभ्रेको धुलिखेलमा आयोजना गरेको संसदीय सञ्चारको प्रभावकारीता अभिवृद्धि अन्तरसम्वाद कार्यक्रममा सभामुख महराले संसदमा जनप्रतिनिधिले उठाएको सवालप्रति सरकार उत्तरदायी बन्नसके संसद प्रभावकारी बन्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले संसदको कामकारबाही पारदर्शी हुने भएकाले संसदीय पत्रकारिता खोजमा आधारित हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा युएनडीपीकी प्रतिनिधि ऐसाईनी लाबेले प्रेस र अभिव्यक्ति स्वतन्त्रता महत्वपूर्ण पक्ष भएको बताउनुभयो ।

कार्यक्रम भोलीसम्म चल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button