तपाईँ सुन्दै हुनुहुन्छः

दश वर्षसम्म अलपत्र पुलको निर्माण कार्य सम्पन्न

रोल्पा । शिलान्यास गरेको १० वर्षपछि रोल्पाको माडी खोला पुलको निर्माण कार्य सम्पन्न भएको छ ।

रोल्पाको पश्चिम भेगलाई जिल्ला सदरमुकामसँग जोड्ने उक्त पुल निर्माणपछि जिल्लाका आधा दर्जनभन्दा बढी गाउँपालिकामा आवतजावत गर्न सहज हुने भएको छ ।

पहिलो निर्माण व्यवसायीले काम गर्न नसकेको भन्दै सरकारले दोस्रो पटक बोलपत्र आह्वान गरी अर्को निर्माण व्यवसायीलाई उक्त पुल निर्माणको जिम्मा दिएर निर्माण सुरु गरेको ११ महिनापछि पुलको निर्माण कार्य सम्पन्न भएको हो ।

तीन करोड ३५ लाखको लागतमा निर्माण गरिएको उक्त पुलको सम्झौता अनुसारको सम्पूर्ण काम सम्पन्न गरिसकेको निर्माण व्यवसायी राजवीर घर्तीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button