तपाईँ सुन्दै हुनुहुन्छः

त्रि.वि. शिक्षण अस्पतालले महिनामा एकपटक कलेजो प्रत्यारोपण गर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालले पहिलो चरणमा महिनामा एकपटक कलेजो प्रत्यारोपण गर्ने लक्ष्य रहेको जनाएको छ ।
“कलेजो उपचार तथा प्रत्योपणका लागि विदेश जाने बाध्यतालाई अन्त्य गर्ने लक्ष्य रहेको छ ”, अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्काले भन्नुभयो ।
अस्पतालका प्रा डा रमेशसिंह भण्डारीको नेतृत्वमा गत जेठ १७ मा पहिलो र यही साउन ३ गते दोस्रो कलेजो प्रत्यारोपण कार्य सम्पन्न भएको थियो ।
अस्पतालको ३७ औँ तथा चिकित्सा शास्त्र अध्ययन संस्थानको ४७ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा कार्यकारी निर्देशक प्रा.डा. खड्काले मिर्गाैला प्रत्यारोपण कार्य सफलतापूर्वक अगाडि बढिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थ खनियाले आफू पदबाट सुरक्षित बहिर्गमनका खोजीमा रहेको रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मेरो पदावधि अब एक महीना बाँकी छ, कसरी सुरक्षित बहिर्गमन हुन्छ, त्यसैको खोजीमा रहेको छु ।”
चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्रा.डा. जगदीशप्रसाद अग्रवालले संस्थानमा स्नातक तहका विभिन्न कार्यक्रममा १५०, स्नातकोत्तर तहमा एकसय तथा विद्यावारिधि तहमा २० विद्यार्थीले अध्ययन गरिरहेको जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button