तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा सचिवालय बैठकले जिल्ला र महानगरपालिका इञ्चार्ज तथा सह–इञ्चार्ज तोक्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको सचिवालय बैठकले ७७ जिल्ला र छवटा महानगरपालिका इञ्चार्ज र सह–इञ्चार्ज तोकेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज बसेको बैठकले पार्टीका ७७ जिल्ला र ६ वटा महानगरपालिका तहको पार्टी एकता प्रकृया टुङ्गो लगाएको हो ।
बैठकले एकतापूर्वका दुई पार्टी नेकपा एमाले र एकीकृत माओवादीका जिल्ला इञ्चार्जहरूलाई नै एकीकृत पार्टीको इञ्चार्ज र सह–इञ्चार्ज तोकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजि श्रेष्ठले बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो ।
प्रवक्ता श्रेष्ठका अनुसार, सचिवालय बैठकको निर्णय अनुमोदनका लागि पार्टीको स्थायी समिति र केन्द्रीय कमिटिमा प्रस्तुत गरी छलफल हुनेछ ।
सचिवालयको अर्को बैठक आगामाी मंगलबार दिउँसा. १ बजे पार्टीको केन्द्रीय कार्यालय, धुम्वाराहीमा बस्ने र बैठकले पार्टीको केन्द्रीय विभाग, आयोग लगायतका निकायहरू र प्रवास संगठनको एकीकरणबारे निर्णय गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button