तपाईँ सुन्दै हुनुहुन्छः

नारायणीमा क्रुजसीप सञ्चालनमा ल्याइने तयारी

काठमाण्डौ । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा रिभर क्रुजसीप (मिनी पानीजहाज) सञ्चालनमा आउने भएको छ ।

क्रुज सञ्चालन गर्ने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले चितवनमा पत्रकार सम्मेलन आयोजना गरी दशैँ अगाडि क्रुज सञ्चालनमा ल्याइने जानकारी दिएको हो ।
सम्भाव्यता अध्ययन गरी सञ्चालन गर्न सकिने देखिएपछि काम थालिएको प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिका– १६ स्थित ज्ञानेश्वर सामुदायिक वनको काभ्रेघाट बगरमा पोर्ट र क्रुज निर्माण भइरहेको छ । क्रुज सञ्चालन गर्न करीब ३५ करोड रुपैया लागत लाग्ने अनुमान गरिएको कँडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button