तपाईँ सुन्दै हुनुहुन्छः

हिमालय एयरलाइन्सले सोमबारदेखि ढाका उडान गर्ने

काठमाण्डौ । निजी क्षेत्रको अन्र्तराष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले भोली देखि बङ्गलादेशको राजधानी ढाका उडान गर्ने भएको छ ।
बङ्गलादेशी पर्यटकको नेपाल आगमनलाई सहज बनाउने उद्धेश्यले कम्पनीले काठमाडौँ–ढाका सिधा उडान थाल्ने जनाएको हो ।

काठमाडौँ–ढाका साताको तीन दिन उडान गर्ने गरी तालिका बनाइएको हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले राससलाई दिनुभयो ।

हिमालयले हाल कतारको दोहा, दुबई÷आबुधावी र दमामको नियमित उडान गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button