तपाईँ सुन्दै हुनुहुन्छः

डेडिकेटेड तथा टंक लाईन बापत उठ्न बाकी रकमको बिषयमा प्रतिवेदन तयार पार्न उपसमिति गठन

काठमाण्डौ । संसदको सार्वजनिक लेखा समितिले नेपाल विद्युत प्राधिकरणले वितरण गरेको डेडिकेटेड तथा टंक लाईन बापत उठ्न बाँकी रकमको विषयमा अध्ययन गरी प्रतिवेदन तयार पार्न उपसमिति गठन गरेको छ ।

समितिको आज वसेको बैठकले डेडिकेटेड तथा टंकलाईन बापत उठ्न बाँकी रकमको अध्ययन गरी प्रतिवेदन तयार गर्न डा. मिनेन्द्र रिजालको संयोजकत्वमा सुर्य पाठक, तेजुलाल चौधरी, पार्वती कुमारी विशंखे र प्रदिप यादब रहनु भएको पाँच सदस्यीय उपसमिति गठन गरेको छ ।

तत्कालिन लोडसेडिङको अवधिमा विभिन्न उद्योगहरुलाई वितरण गरिएको डेडिकेटेड तथा टंकलाईन बापत करिब ९ अर्व रुपैयाँ बक्यौता रहेको देखिएको समितिले जनाएको छ ।

यस्तै समितिले आज कर्मचारी सञ्चयकोषको घरभाडा र टेन्डर प्रक्रियामा भैरहेको ढिलाईका विषयमा कोषका पदाधीकारीहरु सँग छलफल गरेको छ ।

छलफलमा कर्मचारी सञ्चयकोषका अध्यक्ष शिशिर कुमार ढुङ्गानाले कर्मचारीहरुको पैसा लगानी गर्ने विषयमा स्पष्ट खाका वनाएर अघि बढ्नु पर्ने र त्यसका लागि कोष तयार रहेको बताउनु भयो ।

बैठकमा सांसदहरुले सुन्धारामा रहेको सञ्चयकोषको घर भाडा बापत मासिक २ करोड ७१ लाख रुपैयाँ बरावर रकम घाटा भैरहको, यस अघिको ठेक्का बाट रकम उठाउन नसकेको, नयाँ ठेक्काका लागि टेन्डर गर्न कोषले ढिलाई गरेको विषय उठाउनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button