तपाईँ सुन्दै हुनुहुन्छः

२ केजी सुनसहित पक्राउ

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका—२ नागढुंगाबाट २ केजी सुनसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

भैरहवाबाट काठमाडांै आउँदै गरेको बसमा चेकजाँचको क्रममा २ केजी सुनसहित रसुवाको गोसाईकुण्ड गाउँपालिका—५ स्पाफुबेसीका १७ वर्षिय भिमबहादुर तामाङलाई प्रहरीले हिजो पक्राउ गरेको थियो ।

पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीका लागि आज राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button