तपाईँ सुन्दै हुनुहुन्छः

आप्रवासी कामदारको अन्र्तराष्ट्रिय सम्मेलन हुने

काठमाण्डौ । राष्ट्रिय मानव अधिकार आयोगले आगामी कात्र्तिकमा काठमाडौँमा ‘आप्रवासी कामदारको मानव अधिकार संरक्षण विषयक अन्तर्राष्ट्रिय सम्मेलन’ आयोजना गर्ने भएको छ ।

आयोगले आज पत्रकार सम्मेलन गरी आप्रवासी कामदार स्वच्छ र जवाफदेही भर्ना प्रक्रिया, कामदारको सुरक्षा, परिवारको अधिकार तथा न्यायमा पहुँचजस्ता विषयमा सम्बोधन गर्न कात्तिक २६ देखि २८ गतेसम्म काठमाडौँमा सम्मेलन गर्न लागेको जानकारी दिएको छ ।

आयोगका अध्यक्ष अनुपराज शर्माले नेपाल तथा दक्षिण एशियाबाट खाडी मुलुकलगायतमा काम गर्ने लाखौँ कामदारको मानव अधिकारको विषयलाई लिएर सम्मेलन गर्न लागेको जानकारी दिनुभयो ।

आयोगले सम्मेलनको तयारीका लागि आयोगका सदस्य सुदीप पाठकको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button