तपाईँ सुन्दै हुनुहुन्छः

बस र माइक्रो ठोक्कियो : १२ जना घाइते

धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१, खयरघारीमा आज बिहान यात्रुबाहक बस र माइक्रो एकआपसमा ठोक्किएर माइक्रो खोलामा खस्दा १२ जना घाइते भएका छन् ।
चितवनबाट काठमाडौं आउँदै गरेको बा. ५ ख २१५१ नम्बरको माइक्रो विपरीत दिशाबाट आउँदै गरेको लु २ ख २१३४ नम्बरको बस एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।
बस र माइक्रो ठोक्किएपछि माइक्रो महेश खोलामा खसेको छ ।
दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टरमा लगिएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button