तपाईँ सुन्दै हुनुहुन्छः

६ क्रिकेटर पुरस्कृत

काठमाडौं । प्रदेश नम्बर ५ ले आफ्नो प्रदेशका युवा प्रतिभा तथा उत्कृष्ट खेलाडी सम्मानको रुपमा ६ क्रिकेटरलाई पुरस्कृत गरेको छ ।

सोमबार बुटवलमा आयोजित कार्यक्रममा प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बराल लगायतले ६ क्रिकेटर तथा यू–१९ क्रिकेट टोलीका फिजियोथेरापिस्टलाई सम्मान गर्नुभएको हो ।

सम्मानित हुने खेलाडीहरुमा सिनियर टोलीका सोमपाल कामी, बसन्त रेग्मी तथा गत वर्ष सन्यास लिएका शक्तिप्रसाद गौतम छन् ।

यू–१९ टोलीका कप्तान रोहितकुमार पौडेल, सदस्यहरु सागर ढकाल र कुशल मल्ललाई पनि सम्मान गरिएको छ ।

सिनियर खेलाडीहरु सोमपाल, रोहित र बसन्त अहिले आईसीसी विश्वकप एसिया छनोट अन्तर्गत सिंगापुरमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button