तपाईँ सुन्दै हुनुहुन्छः

एसिया छनोट प्रतियोगिता सिंगापुरमा सुरु

काठमाडौं । आईसीसी टि २० विश्वकपको एसिया छनोट प्रतियोगिता सोमबारदेखि सिंगापुरमा सुरु भएको छ ।

आयोजक सिंगापुरसहित नेपाल, कतार, मलेसिया र कुवेत सहभागि प्रतियोगिताको शीर्ष टोलीले आगामी अक्टोबरमा यूएईमा हुने ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्न पाउने छ ।

ग्लोबल छनोटमा विभिन्न क्षेत्रबाट आएका १४ देशमध्य उत्कृष्ट प्रर्दशन गर्ने ६ टोलीले आगमी वर्ष अष्ट्रेलियामा हुने टी ट्वान्टी विश्वकप खेल्न पाउने छन् ।

मलेसियाबाट १० दिने विशेष प्रशिक्षण र दुई टी ट्वान्टी सिरिज क्लिन स्वीप गर्दै शनिबार नेपाली टोली सिंगापुर पुगिसकेको छ ।

नेपालले मलेसियासँगको सिरिज क्लिन स्विप गरेपनि आफ्नो स्तर अनुसार प्रर्दशन गर्न भने सकेन । नेपाल यस प्रतियोगिताकै सर्वाधक बलियो टोली हो । नेपाल अन्य चार टोलीभन्दा निकै अब्बल देखिन्छ ।

कमजोर टोलीमाथि नेपालले सहज जितसँगै थुप्रै कीर्तिमान बनाउन सक्ने अनुमान गरिएको छ । नेपाली खेलाडी र टिम दुबैलाई कीर्तिमान बनाउने राम्रो अवसर पनि हो ।

आईसीसी टि–२० विश्वकपको एसियाली छनोट प्रतियोगिताको पहिलो खेलमा आयोजक सिंगापुर विजयी भएको छ । सिंगापुरले कतारलाई ३३ रनले पराजित गर्दै सफल सुरुवात गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको सिंगापुरले २० ओभरमा सात विकेट गुमाउँदै १८६ रन बनाएको थियो । सिंगापुरको इिन्डयन एसोसियसन मैदानमा १८७ रनको लक्ष्य पछ्याएको कतार २० ओभरमा नौ विकेट गुमाउँदै १५३ रनमा सिमित भयो ।

प्रतियोगिता अन्तर्गत मंगलबार नेपालले कतारसँग खेल्दैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button