तपाईँ सुन्दै हुनुहुन्छः

संसद सचिवालयमा राष्ट्रिय वाणिज्य बैंकको एटिएम सेवा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले संघीय संसद सचिवालयमा एक्सटेन्सन काउन्टर र एटिएम सेवाको आजदेखि संचालनमा ल्याएको छ ।

प्रतिनीधि सभाका सभामुख कृष्णबहादुर महराले सोमबार नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसर भित्र रहेको कार्यालयको समुद्घाटन गर्नु हुंदै सरकारी बैंकको सेवाबाट सांसदहरु तथा सचिवालयका कर्मचारीहरुलार्ई कारोबार गर्न सहज हुने बताउनुभयो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको सेवा अझ चुस्त र प्रविधिमैत्री हुने बताउदैं उक्त एटिएमबाट चौबीसै घण्टा सेवा उपलब्ध हुने बताउनुभयो ।

सिंहदरबार परिसर भित्र राष्ट्रिय वाणिज्य बैंकको यो दोस्रो कार्यालय हो ।

बैंकको हाल ७७ जिल्लामा २२२ वटा शाखा कार्यालय, १७५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button