तपाईँ सुन्दै हुनुहुन्छः

क्लिन फिडको व्यवस्थापछि बजार अझै बढ्नेः सञ्चारमन्त्री

तुलसी सापकोटा । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिमा आज विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल भएको छ ।

छलफलमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले नेपालमा विज्ञापन ठूलो वजारका रुपमा रहेकाले यस सम्बन्ध छुट्टै कानुन आवश्यक रहेकाले विधेयक ल्याइएको स्पष्ट गर्नुभयो ।

सञ्चार मन्त्री बाँस्कोटाले नेपालमा औपचारिक रुपमा १२ अर्व र अनौपचारिक रुपमा ३० अर्व रुपैयाँको हाराहारीमा विज्ञापन वजार रहेको भन्दै विज्ञापन रहित क्लिन फिडको व्यवस्था सहितको विज्ञापन विधेयक आएपछी यसको वजार अझै बढ्ने बताउनुभयो ।

सञ्चार मन्त्री बास्कोटाले नेपाली कला, संस्कृति झल्कने र नेपाली प्रकृतिसँग मिल्दो गरी विज्ञापन निर्माण गर्नु पर्ने र विज्ञापनहरु करको दायरासँग पनि जोडिनु पर्ने बताउनु भयो ।

विज्ञापन विधेयकमा रहेको क्लिन फिड व्यवस्था नेपालको लागि निक्कै राम्रो भएको भन्दै कलाकार, मिडिया र बहुराष्ट्रिय कम्पनीहरु समेत सकारात्मक रहेकाले विधेयक छिटो गरी ल्याएर कार्यान्वयनमा लैजानु पर्नेमा संचारमन्त्री बास्कोटाले जोड दिनुभयो ।

बैठकमा सांसदहरुले विधेयकमा संशोधन परेका विषयलाई समेट्नु पर्ने, विज्ञ र सरोकार वालाहरुसँग समेत छलफल गरेर समितिले विधेयक समृद्ध बनाएर पास गर्नु पर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button