तपाईँ सुन्दै हुनुहुन्छः

दैलेखकोमा बस दुर्घटना, १ को मृत्यु ७ घाइते

दैलेख-कर्णाली राजमार्गको दैलेखमा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । मंगलबार बिहान दैलेखको आठबिस नगरपालिका ५ मा ना ५ ख ७२४३ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा आठबिस नगरपालिका ५ बस्ने ३३ वर्षीया दिर्जा माझी रहेको प्रहरीले जनाएको छ । घाइते ७ जनाको अहिले स्थानीय मेडिकलमा उपचार भैरहेको छ । बस घुम्तिमा चिप्लेर करिब ५०–६० मिटर तल खसेको प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button