तपाईँ सुन्दै हुनुहुन्छः

बिप्लव समूहसँग औपचारिक वार्ता भएको छैन : गृहमन्त्री थापा

काठमाण्डौ । गृहमन्त्री रामबहादुर थापाले बिप्लव समूहलाई नियन्त्रण र वार्ता दुवै माध्यमबाट राष्ट्रिय मूलधारको राजनीतिमा ल्याउने प्रयास भईरहेको वताउनुभएको छ ।
गहृमन्त्रालयमा मंगलबार आयोजित अन्तरक्रियामा मन्त्री थापाले सरकार शान्ति सुरक्षा र राजनैतिक स्थायित्वप्रति प्रतिवद्ध रहेको बताउदै शान्ति सुरक्षामा खलल पुर्याईरहेको विप्लव समुहलाई राष्ट्रिय मुलधारको राजनीतिमा ल्याउन नियन्त्रण र वार्ताको नीति अपनाई काम भईरहेको बताउनुभयो ।

मन्त्री थापाले औपचारिक रुपमा विप्लव समुहसँग अहिलेसम्म वार्ता नभएको जानकारी दिदैँ तर उनीहरु वार्तामा आउनेमा सरकार विश्वस्त रहेको बताउनुभयो ।
सुन तस्करहरुको सञ्जाल तोडिएको, यातायात क्षेत्रको सिण्डकेट अन्त्य गरिएको र मुलुकमा शान्ति सुरक्षाको विश्वसनीय वातावरण निर्माण भएको मन्त्री थापाले बताउनुभयो ।
गृहमन्त्री थापाले निर्मला हत्या काण्डको विषयलाई राजनीतिक मुद्दा बनाइको भन्दै यसको सत्य तथ्य छानविनमा सरकार लागि परेको बताउनुभयो
कार्यक्रममा गृह सचिव प्रेमकुमार राईले शान्ति सुरक्षा र अपराध नियन्त्रण, गृह प्रशासन सुधार कार्ययोजना लगायतका काममा सन्तोषजनक प्रगति भएको जानकारि दिनुभयो ।
अन्तरक्रियामा गृहमन्त्रालयको वार्षिक कार्य सम्पादन प्रगति विवरण र आगामी कार्यदिशाका विषयहरु समेटिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button