तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेसको नेतृत्व परिवर्तन आवश्यकः महामन्त्री कोईराला

भबिश्वर पाण्डे, कावासोती । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालाले नेपाली कांग्रेसको नेतृत्व परिवर्तन आवश्यक रहेको बताउनुभएको छ ।

पूर्बि नवलपरासीको नेपाली कांग्रेस गैंडाकोट नगर समितिको आयोजनामा आज आयोजित कार्यक्रममा महामन्त्री कोईरालाले आफुले यसअघि सभापतिको बारेमा नबोलेको तर अब नेतृत्व परिवर्तन गर्नुपर्ने आवश्यकता महशुस भएको बताउनुभयो ।

नेतृत्व परिवर्तन गरेर नै नयाँ र बलियो पार्टी हुन सक्ने उहाँले उल्लेख गर्नुभयो ।

महामन्त्री काईरालाले सरकारले संघियता विरोधी गतिविधी सञ्चालन गरेको आरोप समेत लगाउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button