तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा जिप दुर्घटना १ जनाको मृत्यु दुई घाइते

बैतडी– बैतडीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । भीमदत्त राजमार्ग अन्तर्गत पाटन नगरपालिका ८ खोड्पेको बन्तड भन्ने भीरमा १ ज ५२२४ नम्बरको जिप आज बिहान सवा ५ बजेतिर दुर्घटनामा परेको हो । जिप भीरबाट झण्डै अढाईसय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन् । समान्य घाइते दार्चुलाको महाकाली नगरपालिका ९ दत्तुका हिक्मत सामन्तलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका अर्का एकजनालाई पनि उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ । दुर्घटनाको कारणबारे थाहा हुन सकेको छैन् ।

मृत्यु भएका एकजनाको शव भीरमा अड्किएको र कुहिरो र पानीका कारण निकाल्न असहज भईरहेको घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button