तपाईँ सुन्दै हुनुहुन्छः

पहिरो अपडेट:रातभरको बर्षाले उद्धारमा समस्या

गुल्मी-मंगलबार साँझबाट पुन सुरु भएको अवरिल बर्षाले पहिरो प्रभावित क्षेत्रमा उद्धारमा समस्या थपिएको छ । बर्षा नरोकिएको कारण बेपत्ताको खोजी कार्य अगाडी बढाउन नसकिएको जिल्ला प्रहरी प्रमुख दिपक बस्नेतले बताए । सत्यवति गाउँपालिका वडा नं ४ लिम्घामा ७ बर्षीय तारा विक र डेढ बर्षीय सुमन विक अझै बेपत्ता छन् । भने वडा नं ३ ठुलोलुम्पेकमा माया र बवि विक पहिरोमा हराइरहेको सशस्त्र प्रहरी प्रमुख दिनेश रायमाझीले बताए । उनले आज पनि रातभर ठुलो पानी परिरहेकाले उद्धार गर्ने कुनै उपाय नभएको बताए ।

६ सय परिवारले घर छाडे

पहिरोले ठुलो मानवीय तथा भौतिक क्षति पु¥याएपछि दुई स्थानका करिव ६ सय घरपरिवार सुरक्षित स्थानमा सारिएको छ । सत्यवति गाउँपालिका वडा नं ३ ठुलोलुम्पेकको सिङ्गदी गाउँनै पहिरोको उच्च जोखिममा रहेको छ । त्यस्तै लुम्पेककै अन्य वस्ति पनि पहिरोको खतरामा रहेकाले करिव ४ सय जनालाई स्थानीय धर्मपुर मावि तथा अस्लेवाका विभिन्न स्थानमा स्थान्तरण गरिएको वडाध्यक्ष रुक बहादुर रानाले बताए । त्यस्तै वडा नं ४ लिम्घामा पनि दुई सय घर परिवारलाई सरस्वति माविमा व्यावस्थापन गरिएको छ । वडाध्यक्ष दान बहादुर रानाका अनुसार पहिरोनै गएको गाउँका र अन्य जोखिम भएका गाउँका परिवार समेत पानी परेपछि रातिनै घर छोडर आएका छन् ।

राहत बाटोमै :गाउँमा खाद्य संकट
पहिरो प्रभावित क्षेत्र सत्यवति गाउँपालिकाका सडकहरु अबरुद्ध हुँदा उद्धार र राहत वितरणमा समस्या थपिदै गएको छ । पहिरोले सवैभन्दा वढि मानवीय क्षति भएको वडा नं ४ लिम्घा पुग्ने सडक अबरद्ध छ । जसका कारण मंगलबार उद्धारमा पुग्ने सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी संघ, संस्था र रिर्पोटिङ्ग गर्ने पत्रकार साढे दुई घण्टा पैदल हिडेर घटनास्थल पुगेका थिए । भने राहत बोकेर हिडेका गाडीहरु शाहाघाटमै दुई दिनदेखि रोकिएका छन् । सडक अबरुद्ध भएपछि झण्डै दुई सय मानिसहरुलाई स्थानीय स्तरमा व्यावस्थापन गर्न निकै मुस्किल परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए । उनले गाडी बजारबाट आउने संभावना नभएकाले गाउँको स्टक दाल, चामल, चाउचाउ, बिस्कुट लगायतका सामग्री सकिएकाले थप व्यावस्थापन चुनौतिपूर्ण भएको बताए । त्यस्तै ठुलोलुम्पेक जाने सवै सडक अबरुद्ध छन् । विभिन्न स्थानबाट आएको राहत सामग्रीहरु रुद्रवेणीमा रोकिएको वडा नं १ का वडाध्यक्ष भिमलाल पाण्डेयले बताए ।

हेलिकप्टर परिचालन गर्दैछौ: प्रजिअ

पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध भएपछि उद्धार राहतमा समस्या देखिएकाले हेलिकप्टर परिचालन गर्ने योजना बनाएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । ‘सडकको कुनै बिकल्प भएन, राहत बाटोमै रोकिएपछि समस्या देखिएको छ,’उनले भने,‘मन्त्रीहरुसंग समन्वय गरेर हेलिकप्टर मार्फत राहत पु¥याउँछौ ।’ उनले जोखिममा भएका परिवारलाई सुरक्षित स्थानमा सारिएको भएपनि अब खानपानमा समस्या हुने तर्फ आफुहरु सचेत भएको बताए । पहिरोमा पुरिएर अहिलेसम्म दुई स्थानमा ९ जनाको मृत्यु तथा ४ जना बेपत्ता भएका छन् । भने दुई जना घाइते भएका छन् ।

दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button