तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री राहत कोषमा २५ लाख हस्तान्तरण

काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार राहत कोषमा आज दुई संस्थाले २५ लाख रुपैंया हस्तान्तरण गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनले १० लाख र व्यापारिक समुह केडिया ग्रुपले १५ लाख रुपैंया हस्तान्तरण गरेका हुन् ।
राहत रकमको चेक बुझ्दै प्रधानमन्त्री ओलीले बाढी पहिरोको चपेटामा परेका जनतालाई सहयोग गर्न रकम हस्तान्तरण गरेकोमा ट्रेड युनियन र केडिया ग्रुपलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले प्राप्त रकमबाट प्राकृतिक विपत्तिमा परेका जनतालाई उद्धार र राहतमा ठुलो सहयोग पुग्ने बताउनुभयो ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले कर्मचारीहरुलाई मुलुक निर्माणका लागि अब सिर्जना र योगदान गर्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आफ्ना माग सुनुवाई गर्न आन्दोलन गर्न नपर्ने उल्लेख गर्दै अब सृजनशील काम र देशका लागि योगदान गर्ने समय आएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सरकार सुशासन र विकासका निम्ति प्रतिवद्ध रहेको र सरकारको यस अभियानलाई साथ दिन कर्मचरीहरुलाई आग्रह पनि गर्नुभयो ।
उहाँलेबताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button