तपाईँ सुन्दै हुनुहुन्छः

जल सतह बढ्ने भएकोले सतर्क रहन आह्वान

काठमाण्डौ । आज बुधबार देशका अधिकांश स्थानहरुमा वर्षा भैरहेको र दिउँसो तथा राति केही स्थानमा भारी वर्षाको सम्भावना छ ।
पहाडी भू–भागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सतह हल्का बढ्न सक्ने भएकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
वागमतीको पधेरादोभान बाढी मापन केन्द्रमा जलसतह सतर्कता तहमा पुगेर बढ्दो क्रममा रहेकाले रौतहट र सर्लाहीका तटीय क्षेत्रमा आज बेलुका सम्मै सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
यस्तै, चितवनको माडी क्षेत्रको कल्याणपुर बनकट्टा ठोरी र आसपास भारी वर्षा भएपछि रिउखोला बनकट्टा बाढी मापन केन्द्रमा बहाव सतर्कता तह पार गरेको छ ।
बाढीले खतरा तह पनि पार गर्ने सम्भावना भएकाले बेलुकी सम्मै सतर्क रहन महाशाखाले सजग गराएको छ । अहिलेको मौसमी अवस्था एक दुई दिन रहने र विशेष गरि रातको समयमा यो प्रणाली बढी सक्रिय रहने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button