झापामा दुई युवा समूहबीचको झगडामा एकजनाको मृत्यु, दुई घाइते, ९ जना पक्राउ
झापा-झापाको दमकमा दुई समूहबीच झगडा हँुदा एकजना युवाको ज्यान गएको छ । दुईजना घाइते भएका छन् । घटनामा संलग्न ९ जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
दमक १ दुर्गामन्दिर पछाडि भृकुटी टोलमा बुधबार दिउँसो दुई समूहका युवाबीच झगडा हुँदा दमक–२ का १९ वर्षीय विक्रम लिम्बूको ज्यान गएको हो । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते लिम्बूलाई उपचारका लागि स्थानीय लाइफलाइन अस्पतालमा ल्याउनासाथ उनको ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
झडपमा घाइते भएकामध्ये दमक–२ का विक्रम भण्डारीलाई थप उपचारका लागि विराटनगर रेफर गरिएको छ भने अर्का घाइते दमक–३ का सुजन भुजेलको लाइफलाइन अस्पतालमै उपचार भइरहेको प्रहरी नायव उपरीक्षक श्यामल सुब्बाले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्