तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीबाट बेलायतका नवनिर्वाचित प्रधानमन्त्री जोन्सनलाई बधाई

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले बेलायतका नवनिर्वाचित प्रधानमन्त्री वोरिस जोन्सनलाई वधाई तथा शुभकामना सन्देश पठाउनुभएको छ । 
आफ्ना बेलायती समकक्षीलाई बधाई ज्ञापन गर्नुहुँदै पठाउनुभएको सन्देशमा प्रधानमन्त्री ओलीले नेपाल र संयुक्त अधिराज्यबीचको दुई शताब्दी पुरानो सम्बन्धको स्मरण गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “नेपालको दौत्य सम्बन्ध कायम भएको सबैभन्दा पुरानो मित्रराष्टकका बेलायत नै हो । आपसी हितका विभिन्न क्षेत्रहरुमा वर्षांैदेखि दुई देशबीचको मित्रता झनै फराकिलो र गहिरो बनेको छ ।”
प्रधानमन्त्री ओलीले आफूले हालै गरेको बेलायत यात्राको प्रसंग उल्लेख गर्नुहुँदै भन्नुभएको छ, “तत्कालीन प्रधानमन्त्री मेका साथै सांसद र व्यापारिक समूदायसँगको अन्तरक्रियाका क्रममा दुई देशको मैत्रीपूर्ण सम्बन्ध तथा आर्थिक सहयोग आदानप्रदानका विषयमा जोड दिइएको थियो ।”
वेलायत सरकारले नेपालको विकास प्रयासमा गरेको निरन्तरको सहयोगको प्रशंसा गर्नुहुँदै प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा भन्नुभएको छ, “नेपालमा लामो समयदेखिको राजनीतिक संक्रमणको अन्त्य गर्दै हामीले विकासका प्राथमिकताहरु तय गर्दै समृद्ध नेपाल, सुखी नेपालको राष्टिकय आकांक्षा तय गरेका छौं । त्यसैले हामी वेलायत जस्तो हाम्रो महत्वपूर्ण मित्रराष्टकबाट हाम्रो सामाजिक आर्थिक विकासको लक्ष्य हासिल गर्न उच्चस्तरको सहयोगको अपेक्षा गर्दछौं । ”
प्रधानमन्त्री ओलीले बेलायतका नवनिर्वाचित प्रधानमन्त्री जोन्सनको कार्यकालको सफलता र बेलायती जनताको शान्ति, प्रगति एवं समृद्धिका लागि शुभकामना दिनुहुँदै भन्नुभएको छ, “म आउने दिनमा दुई देशको सम्बन्ध अझ मजबूत बनाउन तपाईसँग निकटतापूर्वक काम गर्ने आशा गर्दछु ।” 
 

प्रतिक्रिया राख्नुहोस्

Back to top button