तपाईँ सुन्दै हुनुहुन्छः

‘शिक्षा र स्वास्थ्यको सुधार विना देशको विकास कठिन’

अजय कुमार झा, जनकपुरधाम । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रदेश नंं २ मा शिक्षा र स्वास्थ्यमा सुधार नआएसम्म प्रदेश तथा देशको विकास कठिन हुने बताउनु भएको छ ।

उपप्रधानमन्त्री यादवले शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको पहिलो शाखाको रुपमा प्रदेश नंं २ को राजधानी जनकपुरधाममा शुरु भएको सेवाको बहिरंग सेवा र भवनको आज जनकपुरधाममा उद्घाटन गर्दै प्रदेश नंं २ शिक्षा र स्वास्थ्यका दृष्टिले मुलुकमा सबै भन्दा पछाडि परेको बताउनुभयो ।

उपप्रधानमन्त्री यादवले प्रदेश नंं २ का सबै बिरामीहरुलाई सवै प्रकारका सेवाहरु अगामी दिनमा केन्द्रले दिने विश्वास व्यक्त गर्नु भयो ।

उहाले प्रदेश नंं २ मा चाँडै १ अर्ब २५ करोडको लागतमा मेर्टरनिटि हस्पिटलको निर्माण गरिने र त्यसको लागि जग्गा प्राप्तिको प्रक्रिया अगाडी बढाईसकेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button