तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस कार्यसमितिमा छलफल जारी

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्वन्धमा आज पनि छलफल जारी रह्यो ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा बसेको बैठकमा केन्द्रीय सदस्यहरुले विधान बमोजिम संगठनको अन्तरिम व्यवस्थाका विषयमा आ—आफ्नो धारणा राख्नुभएको थियो ।

आजको बैठकमा केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह के.सी., डा. मिनेन्द्र रिजाल, एन.पी. साउँद, जीवनबहादुर शाही, धनराज गुरुङ, महेन्द्र यादव, बद्री पाण्डे, पार्वता डी.सी. चौधरी, श्यामकुमार घिमिरे र रामकृष्ण यादवले आ–आफ्नो धारणा राख्नु भयो ।

बैठक पुनः यही साउन १२ गते आइतबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button