तपाईँ सुन्दै हुनुहुन्छः

इन्जिनियर विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपायोग अनुसन्धान आयोगले शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमीका इन्जिनियर दिपेन्द्र कुमार देव, शिक्षा समन्वय इकाइ काभ्रेका सवइन्जिनियर धनविर भगत र शिक्षा समन्वय इकाइ भोजपुरका तत्कालीन सव–इन्जिनियर निरजकुमार चौधरीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

काभ्रेपलाञ्चोकमा निर्माण र मर्मत कार्य भई बेरुजु फर्छयौट हुन नसकेका विद्यालयहरूको स्थलगत अनुगमन गर्न शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमीद्वारा खटाई पठाईएका इन्जिनियर दिपेन्द्र कुमार देवले सवइन्जिनियर भगतलाई उक्त घुस रकम लिन लगाएको अनुसन्धानका क्रममा खुल्न आएकाले तीनैजना विरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तिायारले जनाएको छ ।

आयोगले उनीहरुलाई महाभारत, काभ्रेको स्कूल भवनको निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनको लागि सेवाग्राहीसँग घुसबापतको रकम १ लाख ५० हजार रुपैयाँ राष्ट्रिय वाणिज्य बैङ्क बनेपामा जम्मा गर्न लगाई भौचर लिइसकेको अवस्थामा भौचरसहित नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button