तपाईँ सुन्दै हुनुहुन्छः

भ्रमण वर्षमा अन्तराष्ट्रिय मिडिया समिट गरिनेः मन्त्री बाँस्कोटा    

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘भ्रमण वर्ष’ सन्२०२० मा अन्तराष्ट्रिय मिडिया समिट गरिने बताउनुभएको छ ।

आज काभ्रेपलाञ्चोकको बनेपामा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले भ्रमण वर्षका अवसरमा सञ्चार मन्त्रालयले नेपाली मिडियालाई पार्टनर बनाएर अन्तराष्ट्रिय मिडिया समिट गर्ने बताउनुभएको हो ।

मन्त्री बाँस्कोटाले सङ्गठन, व्यवसाय, विकास, संवद्र्धन तथा राष्ट्रलाई टेवा र सुरक्षा पुर्याउने गरी योजना ल्याए सरकार होटल तथा पर्यटन व्यवसायीलाई सहयोग गर्न तयार रहेको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले आजै धुलिखेल नगरपालिकाले निर्माण गरिने सभाहलको शिलान्यास पनि गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button