तपाईँ सुन्दै हुनुहुन्छः

‘देशको समृद्धिका लागि युवाको विदेश पलायन रोक्नुपर्छ’

केशव ढुंगाना । परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले देशको समृद्धिका लागि युवाहरूको विदेश पलायन रोक्नुपर्ने बताउनुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानले आज काठमाडौमा आयोजना गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले नेपाली युवाहरूमा विकसित हुँदै गएको निराशा र हिनताबोधको अन्त्य गरी देश भित्रै काम गर्न सक्ने वातावरण वनाउनुपर्ने बताउनुभयो ।

जनताले परिवर्तनको प्रत्यक्ष अनुभव गर्न सक्ने गरी सरकारले काम गरिरहेको उल्लेख गर्नुहुँदै मन्त्री ज्ञवालीले युवा वर्गको आशा र आकाँक्षा अनुरूपका योजनाहरू निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button