तपाईँ सुन्दै हुनुहुन्छः

राम्रो काममा काङ्ग्रेसको सहयोग रहन्छः नेता सिंह

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरकारको राम्रो काममा काङ्ग्रेसको सहयोग रहने बताउनुभएको छ ।

आज काठमान्डौमा आयोजित ‘कार्यक्रममा नेता सिंहले सरकार आरोप प्रत्यारोपमा लाग्नुभन्दा पनि काम गरेर जनतालाई विश्वासमा लिनुपर्ने बताउनु भयो ।

नेता सिंहले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा लिएको सरकारले समृद्धि ल्याउन नसकेको र अन्तराष्ट्रिय समुदायलाई समेत विश्वासमा लिएर काम गर्न नसकेको आरोप लगाउनुभयो ।

आजै काठमाडौंको मैतीदेवीस्थित वेणुगोपाल मन्दिरमा आयोजित कार्यक्रममा नेता सिंहले काठमाडौंमा रहेको मठ मन्दिर एवं सांस्कृतिक सम्पदाको संरक्षणका साथै नगर विकासको विशेष ध्यान दिन महानगरलाई आग्रह गर्नुभयो ।

नेता सिंहले काठमाडौं महानगरमा सडकल ढल, बिजुली र खानेपानीको व्यवस्थापन लगायतका थुप्रै समस्या भएपनि यिनीहरुको व्यवस्थापनमा बजेट खर्च नहुनु दुखःद् रहेको बताउनुभयो ।

प्रदेश नम्बर ३ का सभासद दीपेन्द्र श्रेष्ठले चालू आर्थिक वर्षदेखि जनताले महसुश गर्ने गरी विकास निर्माणको कार्य अघि बढाउने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button